२०८३ अशोज १९, सोमवार

भोटेकोशी बाढी: अहिलेसम्म १ हजार ४५७ जनाको शव फेला

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण सोमबार बिहान सम्म १ हजार ४५७ जनाको शव फेला परेको छ ।

जसमध्ये रसुवामा २ सय ३६ जना, नुवाकोटमा २ सय ५ जना, धादिङमा ७३ जना, चितवनमा ३ सय ६९ जना, गोरखामा ८० जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २ सय ३२ जना र नवलपरासी पश्‍चिममा २ सय २२ जना गरी १ हजार ४ सय ५५ जनाको शव फेला परेको हो । साथै २ जनाको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो ।

फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलन देखि आवश्यक प्रक्रिया पुरा गरी हाल सम्म १ हजार ३ सय ३४ वटा शव व्यवस्थापन (माटो मुनि सुरक्षित राखिएको) गरिएको छ । शव पहिचानका लागि मृतकका १ हजार ३ सय ३६ र आफन्तका २ हजार ७७ गरी कुल ३ हजार ४ सय १३ वटा डिएनए नमुना सङ्कलन गरिएको छ । साथै पहिचान नभएको १ हजार ४ सय ३० वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्