१० वर्षअघि हराएका एक बालकलाई प्रहरीले फेला पारेको छ । सप्तरी अग्नीसाइर कृष्णासवरन गाउँपालिका–६ बस्ने ऋषिदेव सदाका छोरा १६ वर्षका शिवकुमार सदा आफ्नै घरबाट १० वर्षअघि हराएका थिए ।
खोजतलास गर्ने क्रममा उनी भारतको नयाँ दिल्लीमा रहेको भन्ने सूचनाका आधारमा किङ इन्डिया संस्थासँग समन्वय गरी सदालाई फेला पारिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
सदालाई अग्नीसाइर कृष्णासवरन गाँउपालिका–६ का जनप्रतिनिधिको रोहवरमा अभिभावकलाई जिम्मा लगाइएको प्रहरीले बताएको छ ।







प्रतिक्रिया लेख्नुहोस्