२०८३ अशोज १९, सोमवार

सुनिल बल्लभ पन्त फेरि एनएलजी इन्स्योरेन्सको सीईओ

एनएलजी इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुनिल बल्लभ पन्तले निरन्तरता पाएका छन्।

कम्पनीको सञ्चालक समितिले पन्तलाई पुनः सीईओ नियुक्त गर्ने निर्णय गरेको हो।

कम्पनीका अनुसार उनको नयाँ कार्यकाल असोज २४ गतेदेखि लागू हुनेछ। पन्तलाई थप ४ वर्षका लागि सीईओको जिम्मेवारी दिइएको हो।

उनको हालको कार्यकाल असोज २३ गते सकिँदैछ। त्यसको भोलिपल्टदेखि नयाँ कार्यकाल सुरु हुने गरी पुनः नियुक्ति गरिएको कम्पनीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्