२०८३ अशोज २२, बिहिबार

बलिवुडका चर्चित अभिनेता नाना पाटेकरको निधन

भारतीय अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ । गोवास्थित आफ्नै घरमा बिहीबार बिहान ५ बजेर २० मिनेटमा उनलाई गम्भीर हृदयघात भएको थियो ।

गोवास्थित मणिपाल अस्पतालका डा. शेखर सालकरका अनुसार नाना पाटेकरलाई बचाउन करिब ४५ मिनेटसम्म निरन्तर हृदय पुनर्जीवन प्रक्रिया गरिए पनि सफल हुन सकेन । घटनाबारे कानुनी प्रक्रिया अघि बढाइएको र उनको शव परीक्षण गरिने जनाइएको छ ।

विश्वनाथ पाटेकरका रूपमा जन्मिएका नाना पाटेकरको जन्म सन् १९५१ जनवरी १ मा महाराष्ट्रको रायगढ जिल्लामा भएको थियो । उनी अभिनेता मात्र नभई निर्माता, निर्देशक तथा लेखकसमेत थिए ।

प्रतिक्रिया लेख्नुहोस्