बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) २.३१ अंकले बढेको छ । यो वृद्धिसँगै नेप्से परिसूचक २ हजार ५७४ अंकमा बन्द भएको छ।
बैंकिङ समूहमा आएको सुधारले समग्र बजारलाई बढ्न टेवा दिएको छ । बिहीबार बैंकिङ समूह ०.१९ प्रतिशतले बढेको छ । विकास बैंक ०.०६, जलविद्युत् ०.१८, लगानी ०.१५, जीवन बीमा ०.२९, उत्पादन तथा प्रशोधन ०.७३, निर्जीवन बीमा ०.१७ र व्यापार समूह ०.४३ प्रतिशतले बढेका छन् ।
त्यस्तै, फाइनान्स ०.०२, होटल तथा पर्यटन ०.३९, जीवन बीमा ०.०९, माइक्रोफाइनान्स ०.०२ र अन्य समूह ०.४४ प्रतिशतले घटेका छन् ।
आज कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक १५ प्रतिशतले बढेको छ । स्नो रिभर्स लिमिटेड ६.४०, चिरख्वा हाइड्रोपावर ५.१५, नेसनल हाइड्रोपावर ३.९४, सोनापुर मिनरल्स ३.६१ र बोटलर्स नेपाल बालाजु ३ प्रतिशतले बढेका छन् ।
कारोबार रकमका आधारमा घलेम्दी हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर, पिपुल्स हाइड्रोपावर, सोनापुर मिनरल्स, हिमालयन पावर पार्टनर, आँखुखोला जलविद्युत्, नेसनल हाइड्रोपावर र लक्ष्मी सनराइज बैंक अगाडि रहेका छन् ।







प्रतिक्रिया लेख्नुहोस्