आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। कम्पनीले उक्त सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीबाट आवेदन माग गरेको हो।
कम्पनी सञ्चालक समितिको २५औँ बैठकको निर्णयअनुसार प्रचलित कानुनी व्यवस्थाबमोजिम सेयर बिक्री प्रक्रिया अघि बढाइएको हो।
सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिनुपर्नेछ। आवेदन कम्पनीको रजिस्टर्ड तथा कर्पोरेट कार्यालय वा सेयर रजिस्ट्रार ग्लोबल आईएमई क्यापिटल लिमिटेडको नक्सालस्थित कार्यालयमा बुझाउन सकिनेछ।
आवेदनमा खरिद गर्न चाहेको सेयर सङ्ख्या र प्रतिकित्ता प्रस्तावित मूल्य खुलाउनुपर्ने कम्पनीले जनाएको छ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीबाट आवेदन नपरेमा प्रचलित कानुनअनुसार अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने कम्पनीले स्पष्ट पारेको छ।







प्रतिक्रिया लेख्नुहोस्