नेप्सेमा आज वृद्धि भएको छ । आज शुक्रबार नेप्से १७.१५ अंकले बढेर २५९१.८० विन्दुमा पुगेर रोकिएको छ ।
आज ३५३ कम्पनिका एक करोड २९ लाख ५ हजार ९४२ कित्ता शेयर ४ अर्ब ८३ करोड ७७ लाख २३ हजार ७६ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।
आज, सबैभन्दा बढी कुथेली बुखारी स्माल हाइड्रोको शेयर ४.९१ प्रतिशतले बढेको छ भने सिन्धु विकास बैंकको शेयर ४.२२ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी रिज लाइन इनर्जीको शेयर ७.८५ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी कुमारी बैंकको २१ करोड ११ लाख बराबरको कारोबार भएको छ भने घलेम्दी हाइड्रोको २० करोड ३७ लाख बराबरको कारोबार भएको छ ।







प्रतिक्रिया लेख्नुहोस्