२०८३ अशोज २९, बिहिबार

खुट्टा धुन गएका आमा–छोरा नारायणीमा बेपत्ता, छोरीको उद्धार

नारायणी नदी किनारमा खुट्टा धुन गएका आमा छोरा डुबेर बेपत्ता भएका छन् ।

भरतपुर महानगरपालिका वडा नं. १ पशुपति मन्दिर पछाडि खुट्टा धुन भन्दै गएका खैरहनी नगरपालिका–१ घर भई हाल भरतपुर महानगरपालिका–१२ मुनालचोकस्थित बस्दै आएकी ३२ वर्षीया सिर्जना शर्मा र उनका ६ वर्षीय छोरा प्रशिद्ध पौडेल बेपत्ता भएका हुन् ।

उनकी ११ वर्षीया छोरी प्रसिद्धी पौडेललाई भने प्रहरीले उद्धार गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्