२०८३ अशोज २९, बिहिबार

महालक्ष्मी विकास बैंकका ग्राहकलाई केटीएम सिटीमा १० प्रतिशतसम्म छुट

महालक्ष्मी विकास बैंकका ग्राहकले केटीएम सिटीका आउटलेटमा कपडा तथा पहिरन खरिद गर्दा १० प्रतिशतसम्म छुट पाउने भएका छन् । महालक्ष्मी विकास बैंक र फेसन तथा जीवनशैलीसम्बन्धी सामग्री बिक्री गर्दै आएको केटीएम सिटीबीच यससम्बन्धी सम्झौता भएको हो ।

सम्झौताअनुसार बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड र मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले केटीएम सिटीका देशभर रहेका १७ वटा आउटलेटबाट कपडा तथा पहिरन खरिद गर्दा छुट पाउनेछन् ।

बैंकले आफ्ना ग्राहकलाई वित्तीय सेवासँगै अन्य सुविधासमेत उपलब्ध गराउने उद्देश्यले केटीएम सिटीसँग सहकार्य गरेको जनाएको छ । यस सहकार्यबाट ग्राहकले सामान खरिद गर्दा प्रत्यक्ष लाभ लिन सक्ने बैंकको भनाइ छ ।

केटीएम सिटीले स्पोर्ट्सवेयर, ज्याकेटलगायत विभिन्न प्रकारका पहिरन बिक्री गर्दै आएको छ । कम्पनीले गुणस्तरीय सामग्री र ग्राहकको आवश्यकतालाई ध्यान दिँदै फेसनसम्बन्धी सामग्री उपलब्ध गराउँदै आएको जनाएको छ ।

यसैबीच, महालक्ष्मी विकास बैंकले हालै काठमाडौंको ज्ञानेश्वरमा कफी लाउन्जसहितको डिजिटल हब पनि सञ्चालनमा ल्याएको छ । बैंकले ग्राहकलाई थप सुविधा उपलब्ध गराउन विभिन्न सेवा विस्तार तथा व्यावसायिक संस्थासँग सहकार्य गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्