कृषि विकास बैंक लिमिटेड (एडीबीएल) ले आफ्ना सम्पूर्ण बैंकिङ सेवा निर्बाध रूपमा सञ्चालन भइरहेको जनाएको छ। बैंकका वेबसाइटलगायतका डिजिटल प्लेटफर्ममा साइबर सुरक्षा जोखिमको सम्भावनालाई ध्यानमा राख्दै आवश्यक प्राविधिक जाँच गरिएको बैंकले स्पष्ट पारेको छ।
बैंकका अनुसार वेबसाइटलगायतका प्लेटफर्म अद्यावधिक संस्करण (अपग्रेडेड भर्सन) मा रहेकाले विश्वव्यापी रूपमा वेब प्रविधि (PHP2 Shell) मा देखिएको साइबर सुरक्षा जोखिमले कुनै असर गरेको छैन। आवश्यक प्राविधिक जाँचपछि वेबसाइटलगायतका डिजिटल प्लेटफर्म निरन्तर सञ्चालनमा रहेको बैंकले जनाएको छ।
यसअघि सम्भावित साइबर सुरक्षा जोखिमलाई मध्यनजर गर्दै बैंकले केही अनलाइन सेवा अस्थायी रूपमा बन्द गरेको जानकारी दिएको थियो। यद्यपि, अनलाइन खाता खोल्ने (Online Account Open) सेवा भने नयाँ संस्करणमा स्तरोन्नति गर्ने प्रक्रिया जारी रहेकाले तत्काल सञ्चालनमा नआएको बैंकले जनाएको छ। उक्त सेवा निकट भविष्यमा पुनः सञ्चालनमा ल्याइने बैंकको भनाइ छ।
अनलाइन सेवा अस्थायी रूपमा अवरुद्ध हुँदा ग्राहकलाई परेको असुविधाप्रति बैंकले क्षमा माग्दै धैर्य र सहयोगका लागि धन्यवाद दिएको छ। थप जानकारी वा सहायताका लागि बैंकको गुनासो सुनुवाइ नम्बर ९८५१३२८५६६ मा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ।







प्रतिक्रिया लेख्नुहोस्