नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सुरु भएको छ। प्रतियोगिताको उद्घाटन खेलमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) उपस्थित भएका छन्।
सोमबार सुरु भएको प्रतियोगिताको पहिलो खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स आमनेसामने भएका छन्। खेलमा लुम्बिनीले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ। गत संस्करणको फाइनलमा सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै लुम्बिनीले उपाधि जितेको थियो। यसपटक पनि लुम्बिनी उपाधि रक्षा गर्ने लक्ष्यसहित मैदानमा उत्रिएको छ।
यता, सुदूरपश्चिम भने यसअघिका दुवै संस्करणमा उपविजेतामै सीमित भएको थियो। पहिलो संस्करणमा जनकपुर बोल्ट्ससँग पाँच विकेटले पराजित भएको सुदूरपश्चिम गत सिजन लुम्बिनीसँग फाइनलमा हारेको थियो। यसपटक टोली उपाधि जित्दै अघिल्ला हारको पीडा बिर्साउने दाउमा छ।








प्रतिक्रिया लेख्नुहोस्