ग्यास विक्रेता महासंघ नेपालले एलपी ग्यासको बिक्री वितरणमा अनिवार्य रूपमा भ्याट बिल जारी गर्नुपर्ने नेपाल आयल निगमको निर्देशनको स्वागत गरेको छ ।
महासंघले बुधबार विज्ञप्ति जारी गर्दै निगमको उक्त कदम अत्यन्तै स्वागतयोग्य रहेको बताएको हो ।
९ कात्तिकमा निगमको एलपी ग्यास तथा एभिएसन विभागले सम्पूर्ण ग्यास उद्योगहरूलाई पत्राचार गर्दै बिक्रेतामार्फत अनिवार्य बिल दिने व्यवस्था मिलाउन भनेको थियो ।
निगमले ग्यास बिक्रेताहरूले ग्यास बिक्री गरेपश्चात उपभोक्तालाई बिल बिजक नदिएको गुनासो बढेको बताएको थियो ।
ग्यासको कारोबारलाई थप व्यवस्थित तथा सुरक्षित बनाउन महासंघले यसअघि पनि पटक–पटक निगमलाई विभिन्न सुझावसहित अनुरोध गर्दै आएको महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।







प्रतिक्रिया लेख्नुहोस्