नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा जनकपुर बोल्ट्स विजयी भएको छ ।
त्रिभुवन विश्वविद्यालयमा सम्पन्न खेलमा जनकपुरले काठमाडौं गोर्खाजलाई ८ विकेटले पराजित गरेको हो । काठमाडौंले दिएको १ सय १६ रनको सामान्य लक्ष्य जनकपुरले १७ ओभर २ बलमा दुई विकेट गुमाउँदै भेट्टायो । जनकपुरका लागि मोइन अलीले सर्वाधिक ५८ रन बनाए । ५१ बलको सामना गरेका उनले ३ चौका र ३ छक्का प्रहार गरे ।
जनकपुरका सैफ हसनले ४० रन बनाए । ३९ बलको सामना गरेका उनले १ चौका र ३ छक्का प्रहार गरे । काठमाडौंका रिपोन मोण्डलले १ विकेट लिए ।







प्रतिक्रिया लेख्नुहोस्