नेपाली कांग्रेसले अदालतमा मुद्दा विचाराधीन रहेका चार नवनिर्वाचित केन्द्रीय सदस्यलाई तत्काल शपथ नगराउने भएको छ ।
पार्टीको १५औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित सन्तोष चालिसे, मोहन बस्नेत, विनिता खड्का र उमेशचन्द्र यादवको पद शपथ ग्रहण प्रक्रिया रोकिएको हो ।
आज हुने केन्द्रीय सदस्यसहितको शपथमा उनीहरुलाई सहभागी नगराइने कांग्रेसका एक पदाधिकारीले जानकारी दिएका छन् ।
सभापति गगन थापाले शपथ लिइसकेका छन् । बाँकी पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ आज हुदैछ ।







प्रतिक्रिया लेख्नुहोस्