शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनबीच शिष्टाचार भेटवार्ता भएको छ।
शुक्रबार मन्त्रालयमा भएको भेटमा नेपाल र अमेरिकाबीचको शैक्षिक सहकार्य तथा खेलकुद कूटनीतिलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।
भेटका क्रममा दुई देशबीच शिक्षा र खेलकुदका क्षेत्रमा आपसी सहकार्य विस्तार गर्ने विषयमा विचार आदानप्रदान भएको मन्त्रालयले जानकारी दिएको छ।







प्रतिक्रिया लेख्नुहोस्