२०८३ कार्तिक १७, सोमवार

ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन जना घाइते

स्याङ्जाको वालिङ नगरपालिका वडा नं –९ गाइश्वारामा ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

वालिङ– हुवास भित्री पक्की सडक खण्डमा हुवासबाट वालिङतर्फ आउँदै गरेको ग १ त ५७६९ नम्बरको ट्याक्टर अचानक सडकको बाँया साइडमा पल्टिँदा ट्याक्टरमा सवार वालिङ– १० बस्ने ६१ बर्षीय नन्दु भन्ने नन्दलाल बुढामगर र पर्वत घर भइ वालिङ– १० नै बस्ने ४३ बर्षीय प्रेम राना मगरको मृत्यु भएको हो।

दुवै जनाको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक रमेश दत्त अवस्थीले जानकारी दिए। दुर्घटनामा ट्याक्टर चालक दाङ शान्तिनगर–१ का ३७ बर्षीय धनविर पुनमगर, वालिङ–१० का २० बर्षीय सुलभ परियार र ४६ बर्षीय झकबहादुर थापा घाइते भएको र प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचार भैरहेको अवस्थीले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्