२०८३ कार्तिक १७, सोमवार

सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो?

नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला २३ सयले बढेर दुई लाख ७४ हजार ३ सयमा कारोबार भइरहेको छ ।

यसअघि आइतबार सुन प्रतितोला दुई लाख ७२ हजारमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ७० रुपैयाँले बढेको छ ।

सोमबार चाँदी प्रतितोला ३७२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि आइतबार चाँदी ३६५० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्