चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा सञ्चालनमा रहेका २० वटै वाणिज्य बैंकले कुल १९ अर्ब ११ करोड रुपियाँ खुद नाफा आर्जन गरेका छन् ।
बैंकहरूले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार अधिकांशको नाफा बढेको छ भने केही बैंकको नाफामा सामान्य संकुचन देखिएको छ ।
पहिलो त्रैमासमा १० वटा बैंकले १ अर्ब रुपियाँभन्दा बढी खुद नाफा कमाएका छन् । सबैभन्दा धेरै नाफा कमाउने बैंकको सूचीमा नबिल बैंक पहिलो स्थानमा रहेको छ ।
यस्तो छ सबै वाणिज्य बैंकहरूको अघिल्लो वर्ष र यो वर्षको प्रथम त्रैमासको नाफा :
बैंकको नाम यो वर्ष (नाफा/कमानी) गत आ.व. (नाफा/कमानी)
सिटिजन्स बैंक १० करोड २७ लाख २२ करोड ४ लाख
ग्लोबल आइएमई बैंक २ अर्ब ३१ करोड ३८ लाख १ अर्ब ८५ करोड ८६ लाख
हिमालयन बैंक ६८ करोड ४८ लाख ७० करोड २९ लाख
लक्ष्मी सनराइज बैंक ६५ करोड ३३ लाख ३३ करोड २३ लाख
नबिल बैंक २ अर्ब ५५ करोड ५१ लाख १ अर्ब ७५ करोड ६९ लाख
एनआईसी एशिया बैंक १२ करोड ७४ लाख १२ करोड २१ लाख
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक १ अर्ब १८ करोड १४ लाख ४५ करोड ५ लाख
प्राइम कमर्सियल बैंक १ अर्ब १८ करोड ७६ लाख १ अर्ब २५ करोड ८४ लाख
प्रभु बैंक ६४ करोड ७४ लाख ३६ करोड ५७ लाख
नेपाल एसबिआई बैंक ५५ करोड ८५ लाख ४९ करोड ७६ लाख
स्ट्यान्डर्ड चार्टर्ड बैंक ६७ करोड १४ लाख ६९ करोड ३९ लाख
एभरेष्ट बैंक १ अर्ब २५ करोड २७ लाख १ अर्ब १७ करोड ९२ लाख
माछापुच्छ्रे बैंक ५५ करोड ११ लाख ४१ करोड ७९ लाख
नेपाल बैंक ८३ करोड २१ लाख ५८ करोड ८२ लाख
एनएमबि बैंक १ अर्ब १६ करोड ४२ लाख १ अर्ब ३० करोड ८५ लाख
राष्ट्रिय वाणिज्य बैंक १ अर्ब ६४ करोड ९८ लाख ५८ करोड ८७ लाख
सानिमा बैंक १ अर्ब ५ करोड १४ लाख ४५ करोड ४९ लाख
कृषि विकास बैंक १ अर्ब ९ करोड २३ लाख ५७ करोड ३८ लाख
कुमारी बैंक १ अर्ब ७ करोड ४५ लाख १ अर्ब ५ करोड ६५ लाख
सिद्धार्थ बैंक ८५ करोड १५ लाख ३२ करोड ४० लाख







प्रतिक्रिया लेख्नुहोस्