२०८३ कार्तिक १६, आइतवार

एथर अपग्रेड फेस्टिभल सुरु हुँदै, स्कुटर खरिदमा एक लाखसम्म क्यासब्याक!

नेपालमा एथर इनर्जीको आधिकारिक वितरक वैद्य इनर्जी प्रालिले विद्युतीय स्कुटर खरिद गर्ने ग्राहकलाई लक्षित गर्दै ‘एथर अपग्रेड फेस्टिभल’ घोषणा गरेको छ । कम्पनीले कार्तिक १५ देखि २२ गतेसम्म देशभर सञ्चालन हुने उक्त अभियानअन्तर्गत एथरका नयाँ विद्युतीय स्कुटर खरिदमा एक लाख रुपैयाँसम्म क्यासब्याक उपलब्ध गराउने जनाएको छ ।

आठ दिनसम्म सञ्चालन हुने यस अभियानमार्फत ग्राहकले आफ्नो पुरानो सवारी साधनबाट आधुनिक विद्युतीय स्कुटरमा अपग्रेड गर्ने अवसर पाउने कम्पनीको भनाइ छ । चाडपर्वको उल्लासलाई निरन्तरता दिँदै आयोजना गरिएको फेस्टिभलले विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ ।

एथरले आधुनिक प्रविधि, उत्कृष्ट कार्यक्षमता र आरामदायी यात्रालाई प्राथमिकता दिँदै आफ्ना स्कुटरहरू नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ । कम्पनीका स्कुटरमा गुगल म्याप्स नेभिगेसन, टचस्क्रिन ड्यासबोर्ड, क्रुज कन्ट्रोल तथा म्याजिक ट्विस्टजस्ता सुविधाहरू रहेका छन् । ब्याट्रीमा आठ वर्षसम्मको वारेन्टी उपलब्ध हुने कम्पनीले जनाएको छ ।

देशभरका १७ स्थानमा सञ्चालन हुने

एथर अपग्रेड फेस्टिभल देशभरका सहभागी एथर एक्सपिरियन्स सेन्टरहरूमा सञ्चालन हुनेछ । काठमाडौं उपत्यकासहित देशका विभिन्न प्रमुख सहरमा रहेका सेन्टरमार्फत ग्राहकले स्कुटरका मोडल, प्रविधि तथा उपलब्ध अफरबारे जानकारी लिन सक्नेछन् ।

कम्पनीका अनुसार नक्साल, भक्तपुर, टेकु, झम्सिखेल, बौद्ध, पोखरा, चितवन, इटहरी, बुटवल, जनकपुर, बिर्तामोड, वीरगञ्ज, धरान, विराटनगर, नेपालगञ्ज, सुर्खेत र धनगढीमा रहेका एथर एक्सपिरियन्स सेन्टरहरूमा अभियान सञ्चालन हुनेछ ।

विद्युतीय सवारीमा अपग्रेड गर्ने अवसर

कम्पनीले आठ दिनका लागि मात्र उपलब्ध यस अफरमार्फत ग्राहकलाई आधुनिक विद्युतीय सवारी प्रविधिको अनुभव लिन आग्रह गरेको छ । ग्राहकले आफ्नो नजिकको एथर एक्सपिरियन्स सेन्टरमा पुगेर उपलब्ध मोडल तथा आफूले प्राप्त गर्न सक्ने क्यासब्याक सुविधाबारे जानकारी लिन सक्नेछन् ।

प्रतिक्रिया लेख्नुहोस्