२०८३ कार्तिक २८, शुक्रबार

एकैदिन ११ हजार ३ सयले घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो?

नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ११ हजार ३ सयले घटेर दुई लाख ७१ हजार ७ सयमा कारोबार भइरहेको छ । यसअघि गत आइतबार सुन प्रतितोला दुई लाख ८३ हजारमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला ११० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला ३७०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि गत आइतबार चाँदी ३८१० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्