छठ पर्व मनाउन काठमाडौंबाट सर्लाहीस्थित घर फर्किने क्रममा मकवानपुरको भीमफेदीमा भएको सवारी दुर्घटनामा एकै परिवारका छ जनासहित १४ जनाको मृत्यु भएपछि सर्लाहीको चक्रघट्टा गाउँपालिकाले शुक्रबार स्थानीय शोक बिदा दिएको छ।
गाउँपालिकाले बिहीबार सूचना जारी गर्दै दुर्घटनामा आफ्ना पालिकाका स्थानीय नागरिकको असामयिक निधन भएको भन्दै कात्तिक २७ गते शुक्रबार एक दिन शोक बिदा दिने निर्णय गरेको हो। गाउँपालिकाका अध्यक्ष कृष्णकुमार यादवद्वारा जारी सूचनाअनुसार शोक बिदाका दिन गाउँ कार्यपालिकाको कार्यालय, सबै वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक तथा संस्थागत विद्यालयलगायत सरकारी र गैरसरकारी कार्यालय बन्द रहनेछन्।
पालिकाले दुर्घटनामा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।







प्रतिक्रिया लेख्नुहोस्