२०८३ मंसिर ९, मङ्लबार

दैनिक हुल बाँधेर आउने हात्तीसँग स्थानीय त्रसित

विद्युतीय घेराबारा तोडेर दैनिक हात्तीको बथान नेपाल प्रवेश गर्न थालेपछि झापाको बाहुनडाँगीका स्थानीय त्रसित बनेका छन्।

हात्तीको प्रवेश रोक्न निर्माण गरिएको विद्युतीय संरचना र खटिएका सुरक्षाकर्मीको घेरा तोडेर साँझ परेपछि हात्तीको बथान बाहुनडाँगीतर्फ आउने गरेको छ ।

मेचीनगर–४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीले सुरक्षाका लागि उच्च सतर्कता अपनाउन स्थानीय बासिन्दालाई आग्रह गरेका छन् ।

किसानको धानबाली भित्राउन बाँकी नै रहेकाले हात्तीले थप क्षति पुर्‍याउन सक्ने चिन्ता बढेको उनले बताए ।

“सशस्त्र प्रहरी, नेपाल प्रहरी र वन रक्षकको टोलीले छेक्न प्रयास गर्दागर्दै हात्तीको बथान नेपाल छिरेको हो,” वडाध्यक्ष कार्कीले भने, “किसानले भर्खरै काटेको धानको पाँजा र कुन्यु खेतमै छ । हात्तीले धानको कुन्युमा व्यापक क्षति पुर्‍याएको छ ।”

 

 

प्रतिक्रिया लेख्नुहोस्