२०८३ मंसिर ९, मङ्लबार

ताप्लेजुङमा भूकम्पको धक्का

ताप्लेजुङको ओलाङचुङगोला र तिब्बतको सीमा क्षेत्र आसपासलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ७ बजेर १७ मिनेटमा पाँच दशमलव छ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का आसपासका क्षेत्रमा महसुस गरिएको थियो । भूकम्पबाट कुनै क्षति भए नभएको बारेमा हालसम्म कुनै जानकारी प्राप्त भएको छैन ।

प्रतिक्रिया लेख्नुहोस्