२०८३ मंसिर ९, मङ्लबार

एकदिवसीय क्रिकेटमा वैभव सूर्यवंशीको कीर्तिमान

वैभव सूर्यवंशीले अनेकौँ कीर्तिमान बनाएपछि भारत ए ले एसिया कप इमर्जिङ स्टार्समा यूएईविरुद्ध शानदार जित हासिल गरेको छ । कतारको राजधानी दोहामा सम्पन्न प्रतियोगिताको समूह बी अन्तर्गत मंगलबारको खेलमा भारत एले यूएईविरुद्ध ७ विकेटको भीमकाय जित हासिल गर्‍यो ।

यूएईले दिएको २ सय ५० रनको मध्यम लक्ष्य भारतले १४ ओभर २ बलमा तीन विकेट गुमाउँदै भेट्टायो । यस क्रममा भारत ‘ए’ का ब्याटर वैभव सूर्यवंशीले विभिन्न कीर्तिमान बनाए । उनले ‘लिस्ट ए’ खेलमा सर्वाधिक छक्का प्रहार गर्ने ब्याटरको कीर्तिमान बनाए ।१२ ओभर ५ बलमा आउट हुनुअघि उनले ५३ बलमा २ सय ४ रन बनाए । यस क्रममा उनले २८ छक्का र ७ चौका प्रहार गरे । लिस्ट ए क्रिकेटमा एक जना ब्याटर प्रहार गरेको यो सबैभन्दा धेरै छक्का हो ।

त्यसैगरी उनले लिस्ट ए क्रिकेटमा सबैभन्दा कम बलमा शतक बनाउने क्रकेटरको रेकर्ड समेत बनाए । शतक पूरा गर्न उनले २८ बल मात्रै खेल्नुपर्‍यो ।

लिस्ट एमा उनले सबैभन्दा कम बलमा १५० रन बनाउने ब्याटरको कीर्तिमान समेत बनाए । उनले ४० बलमै १५० रन पूरा गरे । त्यस्तै, उनले सबैभन्दा कम बलमा २ सय रन पूरा गर्ने खेलाडीको कीर्तिमान समेत राखे ।

प्रतिक्रिया लेख्नुहोस्