२०८३ मंसिर ७, आइतवार

कुशल भुर्तेल चम्किँदा नेपाल विजयी

कुशल भुर्तेलको अलराउन्ड प्रदर्शन तथा सन्दीप लामिछानेको शानदार बलिङ प्रदर्शनमा नेपालले कतारमा जारी राइजिङ स्टार्स एसिया कपमा पहिलो जित हासिल गरेको छ ।

आइतबार भएको खेलमा नेपालले यूएईलाई ६ विकेटले पराजित गरेको हो । १२२ रनको लक्ष्य नेपालले २२ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो ।

यस जितसँगै नेपालले प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ ।

प्रतिक्रिया लेख्नुहोस्