२०८३ मंसिर १०, बुधबार

भिसा लिडरसिप कन्क्लेभमा कुमारी बैंकले पायो दुई अवार्ड

कुमारी बैंक लिमिटेडले भिसा इन्टरनेशनलद्वारा आयोजित ‘भिसा लिडरसिप कन्क्लेभ नेपाल २०२६’ मा दुई विधामा सम्मान प्राप्त गरेको छ । बैंकले सीमापार कारोबारतर्फ ‘एक्सिलेन्स इन क्रस–बोर्डर बिजनेस’ र उपभोक्ता क्रेडिट कार्ड व्यवसायतर्फ ‘एक्सिलेन्स इन कन्ज्युमर क्रेडिट कार्ड्स बिजनेस–प्रिन्सिपल क्लाइन्ट’ अवार्ड प्राप्त गरेको हो ।

बैंकले यी दुवै विधामा लगातार तीन वर्षदेखि सम्मान प्राप्त गर्दै आएको जनाएको छ । अन्तर्राष्ट्रिय भुक्तानी सेवा विस्तार, सीमापार कारोबार प्रवर्द्धन तथा ग्राहककेन्द्रित कार्ड सेवामा गरेको उत्कृष्ट कार्यसम्पादनका आधारमा बैंक सम्मानित भएको हो । डिजिटल भुक्तानीको बढ्दो प्रयोगलाई ध्यानमा राख्दै बैंकले ग्राहकलाई सुरक्षित, सहज र आधुनिक भुक्तानी सेवा उपलब्ध गराउँदै आएको जनाएको छ । विशेषगरी भिसा कार्डमार्फत हुने अन्तर्राष्ट्रिय कारोबारलाई थप सहज र प्रभावकारी बनाउन बैंकले काम गरिरहेको छ ।

बैंकले डिजिटल बैंकिङ, कार्ड सेवा तथा विद्युतीय भुक्तानी प्रणालीको विकास र विस्तारलाई प्राथमिकता दिँदै आएको छ । आगामी दिनमा पनि ग्राहकको आवश्यकताअनुसार सुरक्षित र विश्वसनीय वित्तीय सेवा विस्तार गर्ने बैंकको प्रतिबद्धता छ । २५ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंकले देशभर २७९ शाखा, २९५ एटीएम, ४१ एक्सटेन्सन काउन्टर र ४० शाखारहित बैंकिङ इकाइमार्फत सेवा दिँदै आएको छ । बैंकले डिजिटल बैंकिङ सेवाको विस्तारसँगै वित्तीय पहुँच बढाउन पनि योगदान पुर्‍याउँदै आएको जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्