यामाहा नेपालले दसैँ–तिहारको अवसरमा सञ्चालन गरेको ‘चङ्गा चेट, जितको नयाँ अपग्रेड’ अभियानका विजेताहरूलाई पुरस्कार प्रदान गरेको छ । अभियानमा बुटवलकी सरस्वती खनाल रायमाझीले १० लाख रुपैयाँ नगद पुरस्कार जितेकी छन् ।
सरस्वतीले बुटवलस्थित यामाहाको आधिकारिक शोरुम बाइकर्ज बुटवल प्रालिबाट यामाहा रेजेडआर १२५ एफआई स्ट्रिट र्याली हाइब्रिड स्कुटर खरिद गरेकी थिइन् । उनले अभियानको सबैभन्दा ठूलो पुरस्कार अर्थात् ग्रान्ड प्राइज जित्न सफल भएकी हुन् ।
त्यस्तै, पोखराका तेजबहादुर थापाले नयाँ यामाहा आर१५ एस मोटरसाइकल जितेका छन् । उनले पनि यामाहा रेजेडआर १२५ एफआई स्ट्रिट र्याली हाइब्रिड स्कुटर खरिद गरेका थिए ।
यामाहाका अनुसार अभियानमा सहभागी हजारौँ ग्राहकले १० हजारदेखि १० लाख रुपैयाँसम्मका नगद पुरस्कार प्राप्त गरेका छन् । यसबाहेक साप्ताहिक विजेताहरूलाई एप्पलका विभिन्न ग्याजेट प्रदान गरिएको थियो । अभियान अवधिमा १० हजारभन्दा बढी ग्राहकले यस्ता ग्याजेट जितेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार अभियानमा एक लाखभन्दा बढी ग्राहकले दर्ता गराएका थिए । यामाहाका ग्राहकलाई सवारीसाधन खरिदसँगै थप लाभ र खुसी प्रदान गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको थियो ।
नेपालभर १०५ भन्दा बढी आधिकारिक डिलर रहेको यामाहाले मोटरसाइकल तथा स्कुटर बिक्रीसँगै बिक्रीपछिको सेवामा पनि जोड दिँदै आएको छ । कम्पनीले सेल्स, सर्भिस र स्पेयर पार्ट्स अर्थात् ३एस सुविधामार्फत ग्राहकलाई सवारीसाधन खरिददेखि मर्मतसम्भारसम्मका सेवा उपलब्ध गराउँदै आएको जनाएको छ ।









प्रतिक्रिया लेख्नुहोस्