२०८३ मंसिर १२, शुक्रबार

निर्माणाधीन सडकले बढायो धुलो र जामको समस्या (तस्बिरहरु)

अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेल ६ लेन सडक विस्तारको काम चार वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन।

सूर्यविनायक–साँगा खण्डको निर्माण प्रगति ५५ प्रतिशत र साँगा–धुलिखेल खण्डको ७७ प्रतिशत पुगेको छ। २०७९ पुसदेखि सुरु भएको दुवै खण्डको निर्माण सम्झौताअनुसार यस वर्षको चैत मसान्तसम्म सम्पन्न गर्नुपर्नेछ।

बनेपा बजारको सडक मापदण्डसम्बन्धी विवाद समाधान भएपछि निर्माणले गति लिएको भए पनि धुलो र सवारी जामका कारण यात्रु तथा चालकले सास्ती भोगिरहेका छन्।

प्रतिक्रिया लेख्नुहोस्