२०८३ बैशाख १६, बुधबार

फेरि बढ्यो डिजेल र पेट्रोलको मूल्य

नेपाल आयल निगमले फेरि डिजेल पेट्रोल र मट्टितेलको मूल्य बढाएको छ ।

निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर तीन रुपैयाँ बढाएको हो । यससँगै पेट्रोलको मूल्य प्रतिलिटर १३६, मट्टितेल र डिजेलको भाउ ११९ रुपैयाँ पुगेको छ । बढेको मूल्य आज मध्यरातदेखि लागि हुनेछ ।

यसअघि निगमले गत कात्तिक १२ गते पनि डिजेल, पेट्रोल र मट्टितेलको मूल्य बढाएको थियो ।

 

प्रतिक्रिया लेख्नुहोस्