नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासको समीक्षा गरेको छ । ढिला गरी चार महिनापछि बैंकले गरेको समीक्षाले यसअघिको व्यवस्था मार्जिन ल्याण्डिङ (सेयर धितो कर्जा) को ४/१२ सीमा परिवर्तन गरेको छैन ।
यस्तै, बैंक तथा वित्तीय संस्थाहरूमा कायम सीडी (कर्जारनिक्षप अनुपात) रेसियो पनि बैंकले यथावत् राखेको छ । यसले बजारमा हङ्गामा मच्चिएको छ । मौद्रिक नीति समीक्षाको तयारी हुँदै गर्दा ४र१२ सीमा परिवर्तन र सीडी रेसियोको बाध्यकारी व्यवस्था हटाउन राष्ट्र बैंकमाथि दबाब दिँदै आएका थिए ।
यसमा अप्रत्यक्ष रूपमा अर्थ मन्त्रालयको समेत राष्ट्र बैंकमाथि दबाब रहेको स्रोतले दाबी छ । तर तीव्र दबाबका बीच राष्ट्र बैंकले आफ्नो अडान कायमै राख्दै निर्णय गरेको हो ।
https://drive.google.com/file/d/1K63H3vQuV5ew-C4kiTcvmPfM_4WkLYyU/view







प्रतिक्रिया लेख्नुहोस्