गत आइतबारको तुलनामा आज सोमबार नेपाली बजारमा सुनको भाउ तोलामा १ सय रुपैयाँले घट्दा चाँदी १० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला १ सय रुपैयाँले घट्दै ९२ हजार रुपैयाँमा झरेको छ ।
यस्तै यता चाँदी गत आइतबारको मूल्यमा तोलामा १० रुपैयाँले बढ्दै आज एक हजार २ सय २० रुपैयाँ पुगेको छ । गत आइतबार बजारमा सुन प्रतितोला ९२ हजार १ सय रुपैयाँ र चाँदी एक हजार २ सय १० रुपैयाँमा कारोबार भएको थियो ।
यता तेजाबी सुनको मूल्य समेत आज गत आइतबारको मूल्य १ सय रुपैयाँले नै घट्दै ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।






प्रतिक्रिया लेख्नुहोस्