२०८३ बैशाख १६, बुधबार

आज सुनको मूल्य स्थिर

नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । हिजो बुधबार प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज पनि प्रतितोला सोहि मूल्यमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जानकारी दिएको छ ।

हिजो सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको थियो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य भने घटेको छ ।

हिजो बुधबार प्रतितोला १ हजार २०० रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले घटेर प्रतितोला १ हजार १९० रुपैयाँमा कारोबार हुने महासङ्घले बताएको छ ।

प्रतिक्रिया लेख्नुहोस्