२०८३ बैशाख ११, शुक्रबार

घट्यो शेयर बजार

महीनाको शुरुआतमै साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार तेहोरो अंकले घटेको छ। आज एक सय १ दशमलव २४ अंकले घटेर २७ सय बिन्दूमा झरी बजार बन्द भएको छ।

यस दिन १३ ओटै उपसमूहको शेयर घटेको छ। कारोबारमा रहेका २२७ मध्ये २२१ कम्पनीको शेयरमूल्य घटेकोमा सर्वाधिक अपर तामाकोशीको ८ दशमलव ३७ प्रतिशतले, नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य ८ दशमलव २६ प्रतिशतले शिवश्री हाइड्रोपावर, विन नेपाल लघुवित्त लगायतको शेयर मूल्यमा सात प्रतिशतले गिरावट आएको छ।

आज कारोबारमा आएका २२७ कम्पनीको ५ अर्ब ९७ करोड रुपैयाँको १ करोड १६ लाख ६१ हजार कित्ता शेयर कारोबार भएको छ। माघ महीनाको अन्तिम दिन बैंक तथा वित्तीय संस्थाले ब्याजरदर बढाएपछि त्यसको प्रभाव शेयर बजारमा परेको लगानीकर्ताहरूको विश्लेषण छ। माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूले फागुन महीनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका थिए।

प्रतिक्रिया लेख्नुहोस्