२०८३ बैशाख १२, शनिबार

घट्यो सुनचाँदीको मूल्य

नेपाल बजारमा सुनको भाउ शुक्रबार तोलामा छ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलाको ९८ हजार कायम भएको छ । बिहीबार सुन तोलाको ९८ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार तेजावी सुनको भाउ तोलाको ९७ हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ ।चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले घटेको छ ।

बिहीबार एक हजार तीन सय पाँच रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार एक हजार दुई सय ८० रुपैयाँमा निर्धारण भएको छ ।

 

प्रतिक्रिया लेख्नुहोस्