सानिमा लाईफ इन्स्योरेन्सको आयोजनामा हेटौँडामा विमा अभिकर्ता प्रशिक्षण तथा एजेन्सी म्यानेजर सम्मान कार्यक्रम सम्पन्न भएको छ । सानिमा लाईफ इन्स्योरेन्सको आयोजनामा हेटौँडामा भएको कार्यक्रममा १ सय २० जनालाई प्रशिक्षण दिईएको शाखा प्रमुख अजय फुयाँलले बताएका हुन् ।
इन्स्योरेन्सका मुख्य प्रवन्धक गणेश चौँलागाईले अभिकर्ताहरुलाई प्रशिक्षण दिएका थिए । उनले सानिमाले सञ्चालन गरेका विमाका प्रकारको विषयमा जानकारी गराएका थिए ।
सानिमाले सुरु गरेको बाल सौगात विमा गर्दा ६५ प्रतिशत ग्यारेन्टी वोनस पाउने विषयमा चौँलागाईले जानकारी गराएका थिए । चौँलागाईले विमाको विकास, विस्तार, विमितहरुको सुरक्षा र सुविधको विषयमा जानकारी गराएका थिए ।
विमाले मानिसको जीवनमा धेरै सहजिकरण गर्ने भन्दै हेटौँडा शाखा प्रमुख फुँयाले सानिमामा विमा गरि भविष्यलाई सुरक्षित पार्नको लागि अनुरोध गरेका छन् ।






प्रतिक्रिया लेख्नुहोस्