२०८३ बैशाख २१, सोमवार

सुनको मूल्य बढ्यो

नेपाली बजारमा आज (मंगलबार) सुन भाउ बढेको छ ।

छापावाल सुन प्रतितोला १ सय रुपैयाँले बढेर ९७ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार छापावाल सुन प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजाबी सुन प्रतितोला ९७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ।

चाँदीको मूल्य १५ रुपैयाँ घटेर प्रतितोला १२ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्