२०८० चैत्र १५, बिहिबार

सुनचाँदीको मूल्य स्थिर

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज नेपाली बजारमा सुन चाँदीको मूल्य स्थिर रहेको जानकारी दिएको छ । महासंघले आजको कारोबार मूल्य तोक्दै भाउ स्थिर रहेको जानकारी दिएको हो ।

हिजो छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ३०० र तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ८०० रुपैयाँ थियो । जुन, आज पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो सुनको मूल्य तोलामा ५०० रुपैयाँ घटेको थियो । यसैगरी, आज चाँदीको मूल्य पनि स्थिर कायम भएको छ । महासंघले आज चाँदीको मूल्य प्रतितोला १ हजार २०५ रुपैयाँ कायम रहेको जानकारी दिएको छ ।

हिजो आइतबार पनि चाँदीको कारोबार यही मूल्यमा भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्