२०८३ बैशाख १२, शनिबार

१ वर्षमा २ अर्ब ११ करोड रुपैयाँले आम्दानी बढाउँदा टेलिकमको नाफा ८ अर्ब ३३ करोड

नेपाल टेलिकमले १ वर्षमा आम्दानीसँगै नाफा बढेको छ। २ अर्ब ११ करोड रुपैयाँले आम्दानी बढाउँदा नेपाल टेलिकमले ८ अर्ब ३३ करोड रुपैयाँ खुद नाफा गरेको हो।

टेलिकमले आर्थिक वर्ष २०७७/०७८ को तुलनामा २०७८र०७९ मा आम्दानी र नाफा दुवै बढाउन सफल भएको हो। अघिल्लो आर्थिक वर्ष साउनदेखि असारसम्म टेलिकमले ४४ अर्ब ३४ करोड रुपैयाँ आम्दानी गरेको छ। आर्थिक वर्ष २०७७र०७८ मा ४२ अर्ब २३ करोड रुपैयाँ आम्दानी गरेको थियो। नेपाल टेलिकमले ग्राहकबाट ३७ अर्ब ८८ करोड रुपैयाँ आम्दानी गरेको छ भने ६ अर्ब अरु आम्दानी रहेको छ।

टेलिकमले ७ अर्ब ३५ करोड रुपैयाँ कर्मचारी तलब भत्तामा खर्च गरेको छ सञ्चालन र मर्मतसम्भार खर्च ७ अर्ब ५२ करोड रुपैयाँ छ। २०७७र०७८ मा ६ अर्ब ९५ करोड रुपैयाँ कर्मचारी र सञ्चालन तथा मर्मत खर्च ७ अर्ब ८४ करोड रुपैयाँ रहेको थियो। टेलिकमले २३ करोड ३३ लाख रुपैयाँ सेल्स मार्केटिङ खर्च गरेको छ। प्रशासनिक खर्च १ अर्ब १६ करोड रुपैयाँ खर्च गरेको सार्वजनिक रिपोर्टमा उल्लेख रहेको छ। अघिल्लो वर्ष १९ करोड सेल्स र मार्केटिङमा खर्च गरेकोमा प्रशासनिक खर्च ९७ करोड रुपैयाँ रहेको थियो।

टेलिकमले सरकारलाई नियमन शुल्क र नवीकरणको लागि ७ अर्ब ९० करोड रुपैयाँ बुझाएको थियो। अघिल्लो वर्ष ७ अर्ब ८६ करोड रुपैयाँ सरकारलाई बुझाएको थियो। टेलिकमको करअगाडिको नाफा १३ अर्ब २६ करोड रुपैयाँ छ। अघिल्लो वर्ष करअघिको नाफा १० अर्ब ९४ करोड रुपैयाँ रहेको थियो। दूरसञ्चार कम्पनीको टेलिफोन अपरेटिङमा ५४.३६ प्रतिशत रहेको छ।

टेलिकमले गत आर्थिक वर्षमा सरकारलाई ७ अर्ब १० करोड कर बुझाएपछि १ वर्षको नाफा ८ अर्ब ३३ करोड ९९ लाख रुपैयाँ छ। अघिल्लो वर्ष खुद नाफा ७ अर्ब १२ करोड रुपैयाँ थियो। नेपाल टेलिकमले चौथो त्रैमासिकमा ११ अर्ब ७९ करोड रुपैयाँ आम्दानी गरेको छ। जसमा खुद नाफा २ अर्ब ९२ करोड रुपैयाँ छ। १ वर्षमा नेपाल टेलिकमको अधिकतम सेयर कारोबार हजार ८७ रुपैयाँ रहेयो भने न्यूनतम ८२८ रुपैयाँ रहेको छ।

१ वर्षमा टेलिकमका सेयर २१ हजार ४४२ पटक कारोबार भएको छ भने २४ लाख, १० हजार कित्ता सेयर कारोबार छ। वर्षभरिमा ६४ दिन सेयर टेलिकमको कारोबार भएको थियो। १ वर्षमा प्रतिसेयर आम्दानी ४६.५६ रुपैयाँ रहेको छ। नेपाल टेलिकमसँग कुल १ खर्ब ५५ अर्बको सम्पत्ति छ। जसमा चालू सम्पत्ति ६५ अर्ब ८३ करोड रहेको छ भने भौतिक सम्पत्ति ९० अर्ब रुपैयाँको छ।

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका ग्राहक २ करोड २८ लाख रहेका छन्। जसमा जीएसएम प्रयोगकर्ता मात्रै २ करोड १७ लाख छन्। त्यस्तै ब्रोडब्यान्ड (इन्टरनेट) प्रयोगकर्ता २ करोड १२ लाख रुपैयाँ छ। टेलिकममा थ्रिजी प्रयोगकर्ता ८८ लाख ९८ हजार रुपैयाँ छ। फोर जी प्रयोगकर्ता १ करोड ८ लाख प्रयोगकर्ता छन्। एडीएसएल प्रयोगकर्ता ४ लाख ८१ हजार छन् भने एफटीटीएच ७ लाख ८० हजार छ।

प्रतिक्रिया लेख्नुहोस्