२०८३ बैशाख १७, बिहिबार

दोहोरो अंकले ओरालो लाग्यो नेप्से

साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले ओरालो लागेको छ ।

शुक्रबार १६ अंकले घटेको नेप्स आज ३३.३६ अंकले ओरालो लागेको छ । नेप्से आज १.६५ प्रतिशतले घटेर १९८९.२९ बिन्दुमा पुगेको छ । आज २२४ कम्पनीका ६१ लाख ४८ हजार ३४१ कित्ता सेयर २ अर्ब ५ करोड ९७ लाख ३७ हजार १०३ रुपैयाँमा किनबेच भएको छ । आज सेन्सेटिभ इन्डेक्स पनि १.५४ प्रतिशतले घटेर ३८५.७० को बिन्दुमा झरेको छ ।

आज १३ वटा उपसमूहमध्ये १२ वटा उपसमूहको समूहगत सूचक घटेका छन् । आज म्युचुअल फन्डको मात्र समूहगत सूचक ०।५३ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया लेख्नुहोस्