२०८३ बैशाख १७, बिहिबार

बढ्यो सुनको मूल्य

सुनको भाउमा सामान्य वृद्धि भएको छ । तीजको दिन मंगलबार छापावाल सुन प्रतितोला ३०० रुपैयाँले बढेर ९४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि, सोमबार छापावाल सुन तोलाको ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजाबी सुनको मूल्य तोलाको ९४ हजार ३०० रुपैयाँ निर्धारण भएको छ । सोमबार तेजाबी सुनको भाउ तोलाको ९४ हजार रुपैयाँ निर्धारण भएको थियो ।

मंगलबार चाँदीको भाउ भने स्थिर छ । मंगलबार चाँदीको भाउ प्रतितोला ११ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया लेख्नुहोस्