नेपाली बजारमा सुनको भाउ बढेको छ। शुक्रबार सुनको मूल्य १०० रुपैयाँले बढेर तोलाको ९८ हजार १०० पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला सुन ९८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार सुन प्रतितोला ४०० रुपैयाँले घटेर ९८ हजार रुपैयाँमा झरेको थियो। यसदिन तेजावी सुन प्रतितोला ९७ हजार ६०० रुपैयाँ कायम गरिएको छ। आज चाँदीको मूल्य भने घटेको छ। चाँदी तोलामा ५ रुपैयाँले घटेर एक हजार २८० रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ
बिहीबार चाँदी तोलामा १० रुपैयाँले घटेको थियो।
प्रतिक्रिया लेख्नुहोस्