२०८० चैत्र १५, बिहिबार

ओरालो लाग्यो नेप्से

सातामा कारोबार हुने दोश्रो दिन सोमबार नेप्से परिसूचक १.२५ प्रतिशतले ओरालो लागेको छ । आइतबार २.१६ अकले वृद्धि भएको नेप्से सोमबार २४.४६ अंकले घटेर १९३८.७६ विन्दुमा पुगेको छ ।

यस्तै, सेन्सेटिभ इन्डेक्सम पनि १.३५ प्रतिशतले ओरालो लागेका छ । ४१ लाख २७ हजार बढी कित्ता सेयर किनबेच हुँदा १ अर्ब ६७ करोड ४ लाख बढीको कारोबार भएको छ ।

यस्तै १८९ कम्पनीहरुको कारोबार हुँदा जम्मा १४ कम्पनीमा वृद्धि भएको छ । १८१ कम्पनीमा ओरालो लागेको र ४ कम्पनी स्थिर रहेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्