२०८३ बैशाख १७, बिहिबार

घट्यो सुनको मूल्य

नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य ७०० रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार १ लाख १ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला १ लाख ३०० रुपैयाँ कायम भएको छ । तेजाबी सुन प्रतितोला ९९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर १३ सय ८० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया लेख्नुहोस्