२०८० चैत्र १६, शुक्रबार

नेप्सेमा गिरावट

सेयर बजार सोमबार घटेको छ । नेप्से परिसूचकमा १३.७१ अंकले घटेर २१६५.१० विन्दुमा आएर रोकिएको छ । साथै, सोमबार २५७ कम्पनीको कारोबार भएको छ ।

आज १ करोड ७ लाख ५९ हजार ५७९ कित्ता सेयर किनबेच भएको छ । यसैगरी ३ अर्ब ८६ करोडभन्दा बढीको सेयर कारोबार पनि भएको छ । यस्तै, आज कुमारी बैंकको सर्वाधिक सेयर कारोबार भएको छ । यस बैंकको २७ करोडभन्दा बढीको सेयर बिक्री भएको छ र एनआइसिएसिया बैंकको १२ करोडभन्दा बढीको सेयर कारोबार भएको छ ।

यस्तै, आदर्श लघुवित्त वित्तीय संस्था, सानिमा जिआईसी बिमा, कुमारी बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, समृद्धि फाइनान्स कम्पनीको करिब १० प्रतिशतले मूल्य वृद्धि भएको छ । यस्तै, कुल ४१ कम्पनीमा उकालो लागेको छ भने १६६ कम्पनीमा ओरालो लागेको छ । साथै ३ कम्पनी भने स्थिर रहेको छ । आज १३ उप सुचकहरु मध्ये बैंकीङ र म्युचुअल फण्ड बाहेक सबै कम्पनीमा ओरालो लागेको छ ।

प्रतिक्रिया लेख्नुहोस्