२०८० चैत्र १५, बिहिबार

बढ्यो सुनको मूल्य, चाँदीको स्थिर

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज छापावाल सुनको मूल्य प्रतितोला तीन सयले बढेर एक लाख छ हजार तीन सय पुगेको छ ।

तेजाबी सुनको मूल्य आज प्रतितोला एक लाख पाँच हजार आठ सय कायम भएको छ । अघिल्लो दिनको एक लाख पाँच हजार पाँच सयमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला एक हजार तीन सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्