२०८० मंसिर २३, शनिबार

सुनको मूल्यमा नयाँ रेकर्ड

नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ।

आज एकैदिन सुनको मूल्य तोलाको १ हजार २ सय रुपैयाँ बढेको छ। जसअनुसार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ७ हजार ५ सय पुगेर नयाँ रेकर्ड कायम गरेको हो। तेजावी सुनको मूल्य तोलाको १ लाख ७ हजार रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले बढेर १ हजार ३ सय ९५ रुपैयाँ कायम भएको छ। बुधबार चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया लेख्नुहोस्