२०८३ बैशाख १७, बिहिबार

घट्यो नेप्से

धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक साताको दोस्रो कारोबार दिन मंगलबार १६.४० अंकले घटेको छ । नेप्से घटेसँगै अधिकांश कम्पनीको सेयर मूल्यमा पनि कमी आएको छ । तर, युनिलिभर नेपालका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।

यस दिन युनिलिभरको सेयर मूल्य प्रतिकित्ता एक हजार १६९ रुपैयाँले वृद्धि भएको छ । मंगलबार यो कम्पनीको सेयर मूल्य ६।१२ प्रतिशतले वृद्धि भएर २० हजार २६९ रुपैयाँ कायम भएको छ । आज २५५ धितोपत्रको ४६ लाख ८५ हजार ८०९ कित्ता सेयर एक अर्ब ७८ करोड रुपैयाँमा खरिद–बिक्री भयो । यस दिन सर्वाधिक रकमको सेयर खरिद–बिक्री हिमालय डिष्ट्रिलरीको भएको छ । यो कम्पनीको सात करोड ७५ लाख रुपैयाँको सेयर खरिद–बिक्री भयो ।

कारोबारमा आएका १३ मध्ये उत्पादन तथा प्रशोधन समूहको परिसूचक ०।३१ प्रतिशतले वृद्धि भएको छ । बाँकी सबै समूहको परिसूचक घटेको छ ।

प्रतिक्रिया लेख्नुहोस्