२०८० चैत्र १५, बिहिबार

बढ्यो सुनको मूल्य

नेपाली बजारमा आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन तोलाको तीन सय रुपैयाँले बढेर १ लाख २ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार छापावाल सुनको मूल्य १ लाख २ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी तेजावी सुनको मूल्य बिहीबार १ लाख २ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार तेजावी सुन तोलाको १ लाख १ हजार ८०० रुपैयाँ तोकिएको थियो ।

आज चाँदीको मूल्य भने स्थिर छ। संघका अनुसार चाँदी १२ सय ७० रुपैयाँमा कारोबार भएको छ। बुधबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्