२०८० चैत्र १६, शुक्रबार

सुनको मूल्यले गर्‍यो हालसम्मकै उच्च रेकर्ड कायम

आइतबार सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ । आज एकैदिन तोलाको २ हजार ९ सय रुपैयाँले बढेर सुनको भाउ एक लाख १० हजार ३३ रुपैयाँ कायम भएको छ ।

शुक्रबार प्रतितोला एक लाख ७ हजार १०० रुपैयाँमा सुनको खरिद बिक्री भएको थियो । आइतबार दुई हजार ९३३ रुपैयाँले सुनको भाउ बढेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुनको भाउ अझै बढ्ने अनुमान छ । अन्तर्राष्ट्रिय बजारमा बढ्दो अस्थिरता, बेरोजगारीलगायतका कारण सुनको भाउ बढेको हो ।

आज चाँदीको भाउ पनि बढेको छ । तोलामा ३५ रुपैयाँले बढेर चाँदी आज १ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया लेख्नुहोस्