२०८३ असार ६, शनिबार

साल्ट ट्रेडिङले १० प्रतिशत नगद लाभांश दिने

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले लाभांश घोषणा गरेको छ।

यस कम्पनीको पुस २६ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई १० प्रतिशत नगद लाभांश (कर सहित) दिने निर्णय गरेको हो।

उक्त प्रस्ताव कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीलाई वितरण हुनेछ। यसअघि आर्थिक वर्ष २०७९/८० मा यस कम्पनीले १५.७९ प्रतिशत लाभांश वितरण गरेको थियो।

प्रतिक्रिया लेख्नुहोस्